Nepal Women

हङकङलाइ हराउदै नेपाल तेस्रो स्थानमा

आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको छनोटको शिर्ष दुईमा पुग्ने सम्भावना गुमाइसकेको नेपालले आज हङकङलाई ३६ रनले पराजित गरेको छ । जितसंगै नेपाल तेस्रो स्थानमा रहेको छ ।

थाइल्याण्डको बैकक स्थित टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा पाच विकेट गुमाउदै ९४ रन बनायो । नेपालका लागि नेरी थापाले ३८ तथा कप्तान रुविना क्षेत्रीले १५ र करुणा भण्डारीले १४ रन बनाइन । यस्तै काजल श्रेष्ठले १२ रन बनाउदा ओपनरले भने राम्रो सुरुवात दिलाउन सकेनन । तीन रन हुदा पहिलो विकेट गुमाएको नेपालले सात रनमा दोस्रो विकेट खेर फल्यो । त्यसपछि नेपालको स्कोर ४१ रन हुदा चौथो विकेट गुमेको थियो ।

जवाफमा हङकङ १९ ओभर पाच बलमा ५८ रनमा अलआउट भयो । उसका दुई खेलाडीलेमात्र दोहोरो अंक छुन सके । जसमा चान सु हरले १३ तथा केइ चानले ११ रनबनाइन । हङकङलाई कम स्कोरमा रोक्न करुणा भण्डारीले तीन विकेट लिइन ।

Latest News

To Top