Nepal U19 Cricket

नेपालले भारतलाइ दियो १८६ रनको लक्ष्य

मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपको दोस्रो खेलमा नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ ।

बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ८५ रन बनायो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । तर नेपालले सुरुवात भने राम्रो गर्न सकेन । १२ रन हुदा पहिलो विकेट गुमाएको नेपालले २८ रनमा दोस्रो विकेट खेर फाल्यो ।

एक सय पाच रन हुदा चार विकेट गुमाएको नेपाको मिडिलअडरले राम्रो खेल्न सकेन । नेपालका लागि कप्तान दिपेन्द्र ऐरीले ८८ रन बनाउदा जितेन्द्रसिंह ठकुरीले ३६ रन बनाए । यस्तै भिम साकीले १५ रन बनाउदा बाकि खेलाडीले भने दोहोरो अंक छुन सकेनन । भारतका लागि अभिशेक शर्मा र आदित्य ठार्केले दुई दुई विकेट लिए ।

तस्बिर: कान्तिपुर

Most Popular

To Top