Nepal U19 Cricket

नेपाल र भारत विचको खेल जारी, नेपाल ब्याटिङमा

मलेसियामा जारी एसीसी अन्डर नँइन्टिन एशिीया कपको आफ्नो दोस्रो खेलमा नेपालले अहिले भारत संग प्रतिस्पर्धा गरिरहेको छ ।

बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरी अर्ध शतक पुरा गरेका छन । ओपनर जितेन्द्र सिंह ३६ रनमा मैदान बाहिरिए । जितेन्द्र २७ ओभर तीन वलमा टिमको स्कोर ७७ रन हुदा तेस्रो विकेटको रुपमा अभिषेक शर्माको वलमा कट एन्ड बोल्ड भएका थिए । अर्का ओपन आसिफ शेख भने पहिलो विकेटका रुपमा ब्यक्तिगत तीन रनमा आउट भए ।

आसिफ पांचौ ओभरको अन्तिम वलमा आदित्य थाक्रेको वलमा क्याच आउट भएका थिए । दशौं ओभरमा नेपालको दोस्रो विकेट गयो । ६ रन बनँएका अनिल कुमार शाह पनि थाक्रेकै वलमा क्याच आउट हुदै मैदान बाहिरिए । ६ रननै बनँएका रोहित पौडेललाइ पनि अभिषेकले पवेलियनको बाटो देखाए । भीम सार्कीले १५ रन जोडे । भीमको स्थानमा गएका पवन सरार्फ छैटौ विकेटका रुपमा मत्र एक रनमा आउट भए ।

Most Popular

To Top