Nepal Women

‌ओपनरले राम्रो गरेपनि मिडिल अडर जम्न सकेन, ४ विकेट गुम्यो

आइसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको छनोट अन्तर्गत नेपालले अहिले मलेसियासंग खेलिरहेको छ ।

थाइल्याण्डको बैकक स्थित एशिया इस्टिच्युट अफ टेक्नालोजी मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज बलियो सुरुवात गरेको थियो । ओपनरद्धय ज्वती पाण्डे र सिता रानामगरले पहिलो विकेटका लागि ६६रनको साझेदारी गरेका थिए । सिता ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । तर त्यसपछि नेपालको स्कोर ७२ रन हुदा ज्वती पाण्डे ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किइन । नेपालको मिडिल अडरले आज पनि खासै राम्रो साझेदारी गर्न सकेनन । जसका कारण नेपालले ७७ रन हुदा चार विकेट गुमायो ।

जारी प्रतियोगितामा तीन खेलमा नेपालले जित निकाल्न सकेको छैन । सुरुवाती दुई खेल बर्षाका कारण विथोलिएपछि नेपालले अंक बाढेको थियो । हिजो भएको खेलमा नेपाल युएइसंग पाच रनले पराजित भएको थियो । यता मलेसियाले तीन खेलमा एक जीत र दुई हार ब्यहोरेको छ । आजको खेलमा नेपाल विजयी भएमा नेपालको विश्वकप छनोट खेल्ने झिनो आशा बाकि हुनेछ । तर त्यसका लागि थाइल्याण्ड र हङकङले बाकि खेल हार्नुपर्नेछ । नेपालको तीन खेलबाट दुई अंक छ भने थाइल्याण्ड र हङकङको समान पाच अंक छ ।

Latest News

To Top