Nepal Women

नेपालको पहिलो जीत, मलेसिया ३३ रनले पराजित

आइसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरयो ।

थाइल्याण्डको बैकक स्थित एशिया इस्टिच्युट अफ टेक्नालोजी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै एक सय आठ रन बनायो । नेपाल अरु दिनको तुलनामा आज बलियो सुरुवात गरेको थियो । ओपनरद्धय ज्वती पाण्डे र सिता रानामगरले पहिलो विकेटका लागि ६६रनको साझेदारी गरेका थिए । सिता ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । तर त्यसपछि नेपालको स्कोर ७२ रन हुदा ज्वती पाण्डे ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किइन । नेपालको मिडिल अडरले आज पनि खासै राम्रो साझेदारी गर्न सकेनन । जसका कारण नेपालले ७७ रन हुदा चार विकेट गुमायो । त्यसको लगत्तै रोमा थापा ब्यक्तिगत ६रनमा आउट भएपछि नेपालले ९४ रनमा पाचौ विकेट गुमायो । नेपालको स्कोर एक सय पाच रन हुदा छैटौ विकेट झरयो । अन्तत नेपालले एक सय नौ रनको बलियो लक्ष्य दिन सफल भयो । नेपालका लागि नेरी थापाले १४ रनको योगदान गर्दा १६ अतिरीक्त रन पाएको थियो ।

जवाफमा मलेसिया २०ओभरमा सात विकेट गुमाउदा ७५ रनमा रोकियो । नेपालको कसिलो बलिङसामु मलेसियाका खेलाडी खुलेर खेल्न सकेनन । १४ रन हुदा पहिलो विकेट गुमाएको मलेसियाले ३३ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि पनि नेपाली बलरले मलेसियाको मिडिल अडरलाई कमजोर बनाउदै ५१ रनमा ६ विकेट लिए । मलेसियाका लागि इमिलिया इलीनीले २४ तथा जायानी स्यामीमीले १६ रनको योगदान गर्दा बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ नेपालका लागि करुणा भण्डारीले तीन विकेट लिइन । अब नेपालले अर्को खेलमा आइतबार चीनसंग खेल्नेछ । जितसंगै नेपालले चार अंक बनाएको छ ।

Latest News

To Top