Nepal Women

नेपालले पायो ९१ रनको लक्ष्य

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रमा जारी खेलमा नेपालले थाइल्याण्डबाट ९१ रनको लक्ष्य पाएको छ ।

टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै ९० रन बनायो । थाइल्याण्डका लागि चाइवाईले सर्वाधिक २३ रन बनाउदा चानथमले १९ रन बनाइन । यस्तै टिपोच र सुथिरुङले छैटौ ओभरका लागि २२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाइन । १९ रन हुदा पहिलो विकेट गुमाएको थाइल्याण्डले ३५ रन बनाउदा चार विकेट गुमाएको थियो । बलिङ तर्फ नेपालका लागि सरिता मगरले दुई तथा रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिइन ।

Latest News

To Top