Nepal Women

नेपाल र थाइल्याण्ड विचको खेल बर्षाका कारण रद्ध

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको पहिलो खेलमा नेपालले थाइल्याण्डसंग अंक बाढेको छ । बर्षाका कारण खेल रद्द भएपछि नेपालले अंक बाढेको हो ।

बैककको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै ९० रन बनायो । थाइल्याण्डका लागि चाइवाईले सर्वाधिक २३ रन बनाउदा चानथमले १९ रन बनाइन । यस्तै टिपोच र सुथिरुङले छैटौ ओभरका लागि २२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाइन । १९ रन हुदा पहिलो विकेट गुमाएको थाइल्याण्डले ३५ रन बनाउदा चार विकेट गुमाएको थियो । बलिङ तर्फ नेपालका लागि सरिता मगरले दुई तथा रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिइन ।

९१ रनको लक्ष्य पक्ष्याएको नेपालले तीन ओभर चार बलमा १० रन बनाउदा भारी बर्षा भएपछि खेल रोकिन पुग्यो । करीव दुई घण्टा निरन्तर पानि परेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरे । जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन ।

Latest News

To Top