Nepal Women

नेपाल सुरुवातमा नै दबावमा, चार विकेट झर्यो

युएइबाट पाएको ८० रनको लक्ष्य पक्ष्याएको नेपालले चार विकेट गुमाएको छ ।

थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ६ विकेट गुमाउदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाइ खाता खोल्न नदिदै आउट गरिन । युएइको स्कोर आठ रन हुदा रुपा नगराजलाइ रुविनाले नै ब्यक्तिगत दुइ रनमा आउट गरिन । लगत्तै क्रिजमा आएकी प्रियाञ्जली जैनलाइ पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो । त्यसपछि अर्को एक रन पनि जोडन नपाउदै कनौजियाले नै युएइको चौथो विकेट लिन सफल भइन। पाचौ विकेटका लागि नतासा चेरीयथ र इशा रोहित ओजाले २७ रनको साझेदारी गर्दै टिमलाइ सम्हाल्न खोजे पनि ओजालाइ २२ रनमा नेरी थापाले आउट गरेपछि यूएइले ३७ रनमा पाच विकेट गुमायो । त्यसपछि छैटौ विकेटका लागि नताशा र निसान अलिले ३३ रनको साझेदारी गर्दै टिमलाइ बलियो स्थितीमा पुर्याए । यूएइको स्कोर ७० रन हुदा अलीलाइ १७ रनमा रुविना क्षेत्रीले आउट गरीन । बलिङ तर्फ रुविना क्षेत्रीले तीन तथा रितु कनौजियाले दुइ र नेरी थापाले एक विकेट लिइन ।

जवाफमा नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । १० रन हुदा सिता रानामगर सात रनमा आउट भइन भने त्यसको लगत्तै इन्दु बर्मा पनि खाता खोल्न नपाउदै पेभेलियन फर्किइन । त्यसपछि थप एक रन जोडदा कप्तान नेरी थापा डकआउट भएपछि नेपालले ११ रनमा तीन विकेट गुमायो । नेपालको स्कोर २७ रन हुदा ज्वती पाण्डे ब्यक्त्तिगत १२ रनमा पेभेलियन फर्कएपछि नेपालले चार विकेट खेर फाल्यो ।

Latest News

To Top