Nepal Women

यूएइ विरुद्ब नेपाली बलर हावी, चार विकेट झर्यो

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले अहिले युएइसग खेलिरहेको छ । ्

थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाइ खाता खोल्न नदिदै आउट गरिन । युएइको स्कोर आठ रन हुदा रुपा नगराजलाइ रुविनाले नै ब्यक्तिगत दुइ रनमा आउट गरिन । लगत्तै क्रिजमा आएकी जेनलाइ पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो । त्यसपछि अर्को एक रन पनि जोडन नपाउदै कनौजियाले नै युएइको चौथो विकेट लिन सफल भइन।

Latest News

To Top