Nepal Women

८० रनको लक्ष्य नेपालले भेटाउन सकेन, युएईसँग ५ रनले पराजित

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसग पाच रनले पराजित भएको छ । हारसगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ ।

स्कोर कार्ड

थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ६ विकेट गुमाउदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । १० रन बनउदा तीन विकेट गुमाएको युएइका लागि पाचौ विकेटका रुपमा नतासा चेरीयथ र इशा रोहित ओजाले २७ रनको साझेदारी गरे । ओजाले २२ रन बनाइन । त्यसपछि छैटौ विकेटका लागि नताशा र निसान अलिले ३३ रनको साझेदारी गर्दै टिमलाइ बलियो स्थितीमा पुर्याए । अलीले १७ रनको योगदान गरिन । बलिङ तर्फ रुविना क्षेत्रीले तीन तथा रितु कनौजियाले दुइ र नेरी थापाले एक विकेट लिइन ।

जवाफमा नेपाल २० ओभरमा नौ विकेट गुमाउदा ७४ रनमा रोकियो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा नेपालले जोडन सकेन । नेपालका लागि दुइ खेलाडीले मात्र दोहोरो अक छुन सके । नेपालको स्कोर १० रन हुदा सिता रानामगर सात रनमा आउट भइन भने त्यसको लगत्तै इन्दु बर्मा पनि खाता खोल्न नपाउदै पेभेलियन फर्किइन । त्यसपछि थप एक रन जोडदा कप्तान नेरी थापा डकआउट भएपछि नेपालले ११ रनमा तीन विकेट गुमायो । नेपालको स्कोर २७ रन हुदा ज्वती पाण्डे ब्यक्त्तिगत १२ रनमा पेभेलियन फर्कएपछि नेपालले चार विकेट खेर फाल्यो । त्यसपछि नेपालले थप ४१ रन बनाउदा नेपालले सात विकेट गुमाइ सकेको थियो । जसका कारण नेपाल पुर्ण रुपमा दबावमा पर्यो । नेपालको मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन । एकपछि अर्को विकेट गुमाएको नेपालका लागि रितु कनौजियाले २२ रन बनाउदै जितको आशा देखाएपनि नेपाल अन्तिममा चुक्न पुग्यो । अब नेपालले भोलि मलेसियासग खेल्नेछ ।

Latest News

To Top