Nepal Women

युएइद्धारा नेपाललाइ ८० रनको लक्ष्य

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले युएइबाट ८० रनको लक्ष्य पाएको छ ।

थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ७ विकेट गुमाउदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाइ खाता खोल्न नदिदै आउट गरिन । युएइको स्कोर आठ रन हुदा रुपा नगराजलाइ रुविनाले नै ब्यक्तिगत दुइ रनमा आउट गरिन । लगत्तै क्रिजमा आएकी प्रियाञ्जली जैनलाइ पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो ।

त्यसपछि अर्को एक रन पनि जोडन नपाउदै कनौजियाले नै युएइको चौथो विकेट लिन सफल भइन। पाचौ विकेटका लागि नतासा चेरीयथ र इशा रोहित ओजाले २७ रनको साझेदारी गर्दै टिमलाइ सम्हाल्न खोजे पनि ओजालाइ २२ रनमा नेरी थापाले आउट गरेपछि यूएइले ३७ रनमा पाच विकेट गुमायो । त्यसपछि छैटौ विकेटका लागि नताशा र निसान अलिले ३३ रनको साझेदारी गर्दै टिमलाइ बलियो स्थितीमा पुर्याए । यूएइको स्कोर ७० रन हुदा अलीलाइ १७ रनमा रुविना क्षेत्रीले आउट गरीन । बलिङ तर्फ रुविना क्षेत्रीले तीन तथा रितु कनौजियाले दुइ र नेरी थापाले एक विकेट लिइन ।

Latest News

To Top