Nepal Women

महिला विश्वकप छनोट खेल युएइले टस जितेर ब्याटिङमा

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनाेट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले तेस्रो खेल अहिले युएईसग खेलिरहेको छ । थाइल्याण्डको बैकक स्थित एशियन इन्चिट्युट अफ टेक्नोलाेजि मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

छनोटको शिर्ष दुई स्थानमा रहने टाेली ग्लाेवल क्वालिफायरमा छनाेट हुने भएकाले त्याे सम्भावना जिवितै राख्न नेपाल युएर्इ विरूद्ध जितकाे खाेजीमा हुनेछ। यसअघि नेपालले आयोजक थाइल्याण्ड र हङकङसँग एक एक अंक बाडेको थियो। ६ टोलि सहभागी छनोटमा नेपाल हाल २ अंकसहित चौथो स्थानमा छ। हङकङ र थाइल्याण्ड समान ३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। यस्तै, २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा रहेको छ। यसपछि नेपालले चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ।

Latest News

To Top