Nepal Women Cricket

नेपाली महिला टिमको तयारी पुरा, थप अभ्यासका लागि शुक्रबार बंगलादेश जाने

थाइल्याण्डमा हुने टि ट्वान्टी महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिला टिमले घरेलु तयारी पुरा गरेको छ ।

पछिल्लो १६ दिन घरेलु मैदानमा प्रशिक्षण गरेको नेपाली टिम शुक्रबार थप अभ्यासका लागि बंगलादेश जादैछ । बंगलादेशमा नेपाली टिमले स्थानिय टिमसंग तीन अभ्यास खेल खेल्नेछ । पछिल्लो पटक घरेलु प्रतियोगिता विना नै खेलाडी छनोट गरेको नेपाली टिमलाई सामसान जंग थापाले प्रशिक्षण दिइरहेका छन । उनले राजु बस्न्यातलाई प्रशिक्षकका रुपमा रिप्लेस गरेका हुन ।

करीव १० दिन बंगलादेशमा विताएपछि नेपाली टिम साझै थाइल्याण्ड प्रस्थान गर्नेछ । प्रतियोगिताका लागि केहि दिन अगाडी नेपाली टिमको घोषणा पनि भएको थियो । प्रशिक्षक सामसनजंग थापाले प्रशिक्षणका बारेमा बोल्दै मात्र १६ दिनको प्रशिक्ष्ँणले के नै आशा गर्न सकिन्छ र । तयारी जुन रुपमा हुनुपर्ने त्यो अनुसारको बाताबरण नपाएको उनले गुनासो गरे । यसपटक खेलाडी फिट भएपनि आफुहरुमा धरै चुनौती भएको उनको भनाई थियो ।

टिममा सन् २०१४ मा दक्षिण कोरियामा आयोजना भएको इन्चुवान एसियन गेम्स पछि बायाँ हाते तिब्र गतिकी बलर सोनु खड्कालाई पहिलो पटक नेपाली महिला टोलीमा समाबेश गरिएको छ । पाँच टोली सम्मिलित प्रतियोगितामा नेपालसँगै हङकङ, थाइल्यान्ड, चीन र संयुक्त अरब ईमिरेट्स रहेका छन् । यस प्रतियोगितामा प्रथम हुने टोलीले आगामी महिना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गर्नेछ । २२ जनाबाट छनोट गरिएकोमा सोभा आले, अलिस क्षेत्री, बिनु बुढा मगर र सरस्वती चौधरीले आफ्नो स्थान सुरक्षित बनाउन सकेनन् ।

को को छन टिममा

रुविना क्षेत्री कप्तान
सिता रानामगर उपकप्तान
ज्वती पाण्डे
सरिता मगर
नेरी थापा
रोमा थापा
इन्दु बर्मा
करुण भण्डारी
सोनु खडका
लक्ष्मी चौधरी
रितु कानोउजिया
सबनम राई
काजल श्रेष्ठ
संगिता राई

बैकल्पिक खेलाडी

कविता कुवर
नितु भण्डारी
रेखा रावल

Most Popular

To Top