International News

पोलार्ड सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी

बंगलादेशी प्रिमियर लिग अन्तर्गत वेष्ट इन्डिजका खेलाडी विस्फोटक पारी खेलेका कायरन पोलार्डले धेरै छक्का प्रहार गर्ने सुचिमा दोस्रो स्थानमा पुगेका छन ।

मीरपुर स्थित शेर ए बंगला स्टेडियममा भएको खेलमा ढाका डायनामाइट्सका तर्फबाट खेल्दै उनले ५२ रनको पारी खेल्दा २४ बलमा अर्धशतक पुरा गरेका थिए। जसमा उनले छक्का प्रहार गर्दै टी-२० मा ५०० छक्का प्रहार गर्ने आकडा पनि बनाएका छन्। ५०० छक्का प्रहार गर्ने खेलाडीमा अब उनी क्रिस गेल भन्दा पछि छन । २००६ पछि टी-२० फर्म्याटमा पोलार्डले ३९२ औ खेलमा ५०० छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका हुन्। त्यसको एक वर्षअघि यो फर्म्याटमा खेल्न सुरू गरेका गेलले ३०९ खेलबाट ७७२ छक्का प्रहार गरेका छन्।

Latest News

To Top