National News

पिसिएलको ड्राफ्टमा सन्दिप लामिछाने

फेब्रुअरीमा आयोजना हुने पाकिस्तान सुपर लिगको तेश्रो सिजनको ड्राफ्टमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने परेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आज आफ्नो वेबसाइट मार्फत सार्बजनिक गरेको ड्राफ्ट खेलाडी लिस्टमा सन्दिपको नाम सिल्भर क्याटागरिमा रहेको छ। ड्राफ्टमा रहेका कुल ५०१ जना खेलाडीलाई प्लाटिनम, डायमण्ड, गोल्ड, सिल्भर र इमर्जिंग गरि ५ वटा क्याटागरिमा बिभाजन गरिएको छ । यस अघि सन्दिप सेप्टेम्बरमा बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा समेत रहेका थिए जुन बेला लिगको लागि छनौट भने हुन सकेका थिएनन् ।

ड्राफ्टमा रहेका खेलाडीहरु मध्येबाट डायमण्ड,प्लाटिनम, गोल्ड क्यटागरिबाट १/१ जना खेलाडी तथा सिल्भर र इमर्जिंग क्याटागरिबाट २/२ जना खेलाडीहरु चुन्नै पर्नेछ । खेलाडीहरु किन्न एउटा टिमले १.२ मिलियन डलर खर्च गर्न पाउनेछ। यदी १६ जना खेलाडीहरु पुरा गरिसके पछि पनि पैसा बाँकी भए टिमले अधिकतम २० जनाको टिम पुरा गर्न अन्य खेलाडीहरु पनि क्यटागरिबाट लिन पाउनेछ। पाकिस्तान सुपर लिगमा कुल ६ टिम रहेका छन् जसले कम्तिमा १६ जना खेलाडी आफ्नो टिममा चुन्न पाउनेछ भने अधिकतम २० जनाको टिम बनाउन पाउने ब्यबस्था रहेको छ। सबै ६ वटा टिमले यस अघिनै ९ जना खेलाडी टिममा निश्चित गरिसकेका छन् भने अब कम्तिमा ७ जना खेलाडीहरु ड्राफ्टबाट चुन्नुपर्नेछ।

सन्दिप रहेको सिल्भर क्याटागरि बिभिन्न देशका गरि २९८ जना खेलाडीहरु रहेका छन्।प्लाटिनममा २१ जना, डायमण्डमा २२ जना, गोल्डमा ७९ जना खेलाडी रहेका छन् भने इमर्जिंगमा ९३ जना खेलाडी रहेका छन् । प्लाटिनम खेलाडीहरुको मूल्य १ लाख ४० हजार डलर देखि २ लाख डलर तोकिएको छ यस्तै डायमण्ड क्याटागरिमा खेलाडीले ७० हजार डलर पाउनेछ भने गोल्ड क्याटागरिको खेलाडीले ५० हजार डलर पाउनेछ। सन्दिप रहेको सिल्भर क्याटागरिको खेलाडीले निम्नतम २२ हजार डलर मूल्य राखिएको छ । यो क्याटागरिबाट कम्तिमा १२ जना खेलाडीहरु छनौट हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top