Momo Cricket

सेन्चुरी बैक र आइसीएफसी फाइनान्स प्रिक्वाटरफाइनलमा

सेन्चुरी बैक र आइसी एफसी फाइनान्स राजधानीमा जारी कर्पोरेट सुपर सिक्ससको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा सेन्चुरी बैकल समुह डी मा दुबै खेल जित्दै नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो खेलमा सेन्चुरी बैकले माछापुच्छ्रे बैकलार्ई पाच विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रे बैकले पाच ओभरमा एक विकेट गुमाउदै ५१ रन बनायो । जवाफमा सेन्चुरी बैकले तीन ओभरमा लक्ष्य पुरा गरयो । यस्तै समुहको दोस्रो खेलमा सेन्चुरी बैकले अन्नपुर्ण मिडिया ग्रुपलाई ६५ रनले हरायो । एक सय १० रनको लक्ष्य पक्ष्याएको अन्नपुर्णले मात्र ४५ रन बनाउन सक्यो ।

अर्को खेलमा आइसीएफसीले पहिलो खेलमा आइएमई ग्रुपलाई ६१ रनले हरायो । ८९ रनको लक्ष्य दिएको आइसीएफसीले आइएमईलाई मात्र २८ रनमा रोक्यो । दोस्रो खेलमा आइसीएफसीले नेपाल टेलिकमलाई २३ रनले हराउदै नकआउट चरणमा पुग्यो । आजै भएका अन्य खेलमा सन्वी डिजाइनले जनता बैकलाई ६ विकेटले हराउदा कैलाश विकाश बैकले इम्प्लोइज प्रोभिडेन्ट फन्डलाई दुई रनले पराजित गरयो । यस्तै नविल बैकले ओम विकाश बैकलाई ८० रनले पराजित गरयो ।

Most Popular

To Top