International News

अष्ट्रेलिया १० विकेटले विजयी

अष्ट्रेलियाले पहिलो एसेज टेस्टमा इङ्गल्याण्डलाई १० विकेटले पराजित गर्दै पांच म्याचको श्रंखलामा १–० को अग्रता लिएको छ ।

जितका लागि अन्तिम दिन ५६ रन चाहिएको स्थितीमा ओपनरद्वय डेविड वार्नर र क्यामरोन ब्यांक्रफ्टले अविजित इनिङ्गस खेल्दै लञ्चअघि नै घरेलु टोलीलाई जित दिलाएका थिए । १ सय १९ बलको सामना गरेका वार्नरले १० चौकाको मद्दतमा ८७ रन बनाए भने ब्यांक्रफ्टले १ सय ८२ बलमा ८२ रन बनाए । उनको इनिङ्गसमा १० चौका र एक छक्का समावेश थियो । ब्रिसबेनमा पहिलो दुई दिन उतार चढाव पूर्ण रहे पनि कप्तान स्टिभन स्मिथको शतकसंगै अष्ट्रेलियाले टेस्टमा आफ्नो पकड जमाउन शुरु गरेको थियो ।
इङ्गल्याण्डले पहिलो इनिङ्गसमा ३ सय २ रन बनायो भने स्मिथले आफ्नो टेस्ट करिअरकै उत्कृष्ट मध्ये एक इनिङ्गस खेल्दै १ सय ४१ रन बनाएपछि अष्ट्रेलियाले ३ सय २८ रन बनाएको थियो ।
स्मिथको इनिङ्गससंगै मनोबैज्ञानिक दवाबमा आएको इङ्गल्याण्ड आफ्नो दोश्रो पारिमा १ सय ९५ रनमै धराशायी भएपछि अष्ट्रेलियाले सानो लक्ष्य पाएको थियो । स्मिथ म्यान अफ द म्याच चुनिए ।
गाबामा अष्ट्रेलियाले नहारेको २९ बर्ष भइसकेको छ ।

Latest News

To Top