International News

इङग्ल्याण्ड ३०२ मा अलआउट, अष्ट्रेलियाको खराव सुरुवात

एसेस टेष्ट श्रृखला अन्तर्गत पहिलो टेष्टको पहिलो पारीमा इग्ल्याण्ड तीन सय दुई रनमा अलआउट भएको छ ।
पहिलो दिनको खेल सकिदा एक सय ९६ चार विकेट गुमाएको इग्ल्याण्डले त्यसपछि मात्र एक सय ६ रन जोडदा सबै विकेट गुमायो । ब्रिसबेनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले सुरुवात भने राम्रो गर्न सकेन । मात्र दुई रन हुदा ओपनर एलेस्टर कुकलाई गुमाएको इग्ल्याण्डका लाग मार्क स्टोम्यान र जेम्स भिन्सले एक सय २५ रनको साझेदारी गर्दै उकासेका थिए । स्टोम्यानले ५३ रन बनाउदा भिन्सले ८३ रनको योगदान दिए । त्यसपछि क्रिजमा आएका कप्तान जोय रुट भने धेरै बेर क्रिकेटमा टिक्न सकेनन । उनी मात्र १५ रनमा आउट भएपछि इग्ल्याण्डले एक सय ६३ रनमा चार विकेट गुमायो । पहिलो दिनको खेलमा बर्षाले झण्डै डेढ घण्टा खेल रोकिएको थियो ।

जवाफमा अष्ट्रेलियाले पनि सुरुवात राम्रो गर्न सकेन । सात रन हुदा पहिलो विकेट गुमाएको घरेलु टिमले ३९ रन हुदा तीन विकेट खेर फाल्यो ।

Latest News

To Top