Nepal U19 Cricket

एशिया कप आजबाट सुरु, बङगलादेशलाइ हराउछौ- कप्तान एेरी

आजबाट मलेसियाको राजधानी क्वालालाम्पुरमा यू १९ एसिया कप शुरु भएको छ ।

आठ देश सम्मिलित प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिवार बंगलादेशको सामना गर्नेछ भने आइतवार भारत र मंगलवार मलेसिया विरुद्द खेल्नेछ । नेपालले केहि दिन अगाडी मात्र बङगलादेशमा गएर तयारी गरेको थियो । जसमा नेपालले दुइ खेल हार्दा एक खेल जितेको थियो । भोली बङगलादेश विरुद्ध नेपालले जितको लक्ष्यका साथ मैदानमा उत्रने बताएको छ । नेपाली टिमको सुरुवाती जोडी आशिफ शेख र जितेन्द्रसिह ठकुरीले गर्नेछन ।

Most Popular

To Top