Nepal U19 Cricket

नेपालकाे छैटौ विकेट झर्यो, एक सय ५० रन पुरा

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले बंगलादेश संग खेलिरहेको छ ।

किनरारा ओभल मैदानमा बर्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ ढिलो गरी सुरु भएको खेलमा नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालले सुरुवाती दश ओभरको समाप्तिमा एक विकेट गुमाउदै ३३ रन बनँएको थियो । नेपालका लागि आसिफ शेख र जितेन्द्र सिंहले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडीको साझेदारी भने लामो सयम टिक्न सकेन् । जितेन्द्र ६ रनको ब्यक्तिगत स्कोरमा हसन मोहम्मदको वलमा आउट भए । त्यसपछि नेपालको स्कोर ४८ रन हुदा दोस्रो विकेट झरयो । अनिल शाह १९ रनमा पेभेलियन फर्किए ।

नेपालले ६५ रन बनाउदा तेस्रो विकेट गुमाउन पुग्यो । आशिफ शेख ३० रनमा आउट हुन पुगे । त्यसपछि कप्तान दिपेन्द्रसिंह ऐरी पनि मात्र १२ रनमा पेभेलियन फर्किएपनि नेपालले ७० रनमा चौथो विकेट गुमायो । नेपालको पारिलाई रोहित कुमार पौडेल र भिम सार्कीले सम्हाल्न खोजेका थिए । उनले पाचौ विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । रोहितले ४० रन बनाउदा भिमले ४४ रनको योगदान गरे । नेपालले एक सय ५९ रन बनाउदा ६ विकेट झर्न पुग्यो ।

Most Popular

To Top