Nepal U19 Cricket

नेपालले के गर्ला बङगलादेशलाइ भोली‍‍

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले भने आफ्नो पहिलो खेल भोली बंगलादेश संग खेल्नेछ ।

नेपाल र बंगलादेश बीचको खेल किनरारा ओभल मैदानमा नेपाली समय अनुसार भोली विहान सवा सात बजे सुरु हुनेछ । नेपाल रहेको समुह ए मा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेश र भारत संगै घरेलु टोली मलेसिया रहेको छ । मलेसिया जानु अघि नेपालले बंगलादेश संग ती अभ्यास खेल खेलेको थियो । जसमा नेपालले दुइ एकको हार बेहोरेको थियो । तर अन्तिम खेलमा बंगलादेश विरुद्ध हात पारेको ६ विकेटको जीतले नेपालको मनोवल उच्च भएको छ । सो खेलमा ओपनिङ जोडी आसिफ शेख र जितेन्द्रले पहिलो विकेटका लागि एक सय ३९ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीको पहिलो लक्ष्य सेमीफाइनल पुग्नु रहेको छ । नेपाली टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले एशीया कपका लागि तयारी राम्रो गरेको र बंगलादेश संगको अभ्यास खेल निकै सहयोगी भएको बतँए । बंगलादेश विरुद्ध भोली हुने पहिलो खेलमा पनि सोही प्रदर्शनलाइ निरन्तरता दिने उल्लेख गरे । बंगलादेशका कप्तान मोहम्मद सैफ हसनले नेपालले अभ्यास खेलमा कडा चुनौती दिएको बताउदै सकारात्मक नतिजाको अपेक्षा गरेको बताए । अन्डर नाइन्टिन एशीया कपमा नेपालको यो चौथौ सहभागिता हो । यसअद्धि नेपालले सन २०१२, २०१३ र २०१६ मा सहभागिता जनाएको थियो ।

अघिल्ला तीन संस्करणमा कुल नौ खेल खेल्दा ६ खेल टेस्ट मान्यता प्राप्त राष्ट संग प्रतिस्पर्धा गरेको थियो । एसोसिएट राष्ट्रलाइ पराजित गरेपनि नेपालले टेस्ट खेल्ने देशलाइ हराउन सकेको छैन् । गत संस्करण भने दिपेन्द्रले ९० रन बनँएपछि नेपाल श्रीलङका विरुद्ध जीत नजिक पुगेको थियो । एशीया कपको पहिलो दिन आज भारत, अफगानिस्तान र श्रीलङका विजयी भएका छन । भारतले मलेसियालाइ दुइ सय दुइ रनको फराकिलो अन्तरले पराजित गर्दा अफगानिस्तानले पाकिस्तान माथि सात विकेट र श्रीलङकाले युएइलाइ सातै विकेटले पराजित गर्यो ।

Most Popular

To Top