Nepal U19 Cricket

यू-१९ क्रिकेट टिम भोलि मलेसिया जादै

एसीसी यू–१९ युथ एशिया कपका लागि नेपाली टिम भोली मलेसिया प्रस्थान गर्दैछ ।

एक साताको बंगलादेश भ्रमणपछि नेपाली टिम आज स्वदेश फर्किएको छ । बंगलादेशको अन्डर नाइन्टिन टिमसंग तीन अभ्यास खेल खेल्दा दुईमा हार र एकमा जित निकालेको थियो । अन्तिम अभ्यास खेलमा आशिफ शेखको उत्कृष्ट प्रदर्शनका कारण नेपाली टिमले १५ बर्षपछि बंगलादेश माथि जित निकालेको थियो । शुक्रबार बाट मलेसिया हुने प्रतियोगिताका लागि नेपाली टिमको तयारी पुरा भएको छ ।

यसपटकको टिममा नेपाली टिममा तीन जना खेलाडी परिवर्तन गरिएको छ भने दुई जना खेलाडीले पहिलो पटक टिममा स्थान बनाएका छन । समुह ए मा रहेको नेपालसंगै भारत, मलेसिया र बंगलादेश रहेका छन । नेपालले पहिलो खेलमा बंगलादेश विरुद्ध शनिबार खेल्नेछ । त्यसपछि नेपालको दोस्रो प्रतिद्धन्द्धी भारत रहेको छ । समुहको अन्तिम खेलमा नेपालले मलेसियासंग खेल्नेछ । समुहका शिर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछन ।

Most Popular

To Top