Nepal U19 Cricket

कस्तो रहला जितेन्द्र र आशिफको ओपनिङ जोडी मलेसियामा

नेपाली क्रिकेट टिममा सधै आलोचनाको विषयका रुपमा ओपनिङ जोडिलाइ नै लिइदै आएको छ । चाहे त्यो सिनियर स्तरमा होस या उमेर समुहमा । तर यसपटक मलेसियामा हुने यू-१९ एशिया कपमा नेपाली टिमले नया ओपनिङ जोडी पाउने निश्चित जस्तै छ । पहिलो पटक टिममा परेका जितेन्द्र सिह ठकुरीले बङ्गलादेश बिरुद्धको अन्तिम अभ्यास खेलमा चाहे अनुरुपको प्रदर्शन गरेपछि नयां ओपनिङ्ग जोडी पाउने लगभग तय छ ।

बङगलादेशमा अभ्यास खेलमा सुरुवाती दुइ खेलमा अस्वस्थताका कारण नियमित ओपनर सन्दिप सुनारले राम्रो खेल्न नसकेपछि प्रशिक्षक विनोद दाशले जितेन्द्रलाइ मौका दिएका थिए । उनले क्रिज सम्हालेपछि नेपाली ओपनिङ जोडिले निकै राम्रो प्रदर्शन गर्दै टिमलाइ छ विकेटका जित दिलाउने आधार बनाए । आसिफसंगको १ सय ३९ रनको शतकीय साझेदारीमा जितेन्द्रले १ सय ९ बलको सामना गर्दै ४५ रन बनाए । सोही प्रदर्शनलाइ आधार मान्ने हो भने आसिफ र जितेन्द्रको साझेदारीले अण्डर १९ क्रिकेटमा लामो समयदेखिदै आएको ओपनिङ्ग विकेटमा रनको खडेरीलाई तोडेको छ ।

अब यो जोडिले एशिया कपमा विपक्षी बलरलाइ कस्तो जवाफ देलान त्यो भने प्रतियोगिता सुरु भएपछि थाहा नै हुनेछ । तर एक हिसावले नेपाली युवा टिममा जितेन्द्र र आशिफको जोडिले पक्कै पनि केहि रङ ल्याउन देखिएको छ ।

अन्डर नाइन्टिनबाट डेब्यु गर्ने जितेन्द्र को हुन जानौ

मध्यपश्चिमको सुर्खेतमा जन्मिएका जितेन्द्र नेपाली क्रिकेटमा २०१४ मा मलेशियामा भएको एसिसि अण्डर १६ प्रिमियर मार्फत पाइला चालेका थिए । सो प्रतियोगितामा जितेन्द्रले १५ विकेट लिदै सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका थिए ।
एसिसि अण्डर १९ प्रिमियरमा मिडिल अर्डरमा ब्याटिङ्ग गरेका जितेन्द्रले मलेशियामा कुल ६३ रन बनाएका थिए । बलरहरु हावी भएको प्रतियोगितामा जितेन्द्रले ब्याटिङ्ग मार्फत खासै केहि गर्नुपरेको थिएन ।

अन्डर सिक्सटिन पछि जितेन्द्र ट्यालेञ्ट हन्टमा पनि सहभागि भएका थिए । सुरुवाती चरणमा टिममा परेका भएपनि उनले यसअघि अन्तिम चरणमा स्थान बनाउन सकेका थिएनन । प्रशिक्षक विनोद दाशका चेला जितेन्द्रले गरेको मेहेनत हेर्दा राम्रो खेलाडी हुने क्षमता राख्छन उनी । टिमले चाहेको बेला अलराउण्डर बन्ने सक्ने क्षमता भएका जितेन्द्रले यसपटक बलरका रुपमा भन्दा पनि ओपनर ब्याट्सम्यानका रुपमा टिममा परेका छन । उनको पहिलो परिक्षा कस्तो हुने हो त्यो भने मलेसियाली भुमिमा थाहा हुनेछ ।

Most Popular

To Top