Nepal U19

नेपालको यात्रा सेमिफाइनलमा रोकियो, उपाधिका लागि पाकिस्तान र अफगान भिडने

नेपाल एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलबाट बाहिरीएको छ । आज भएको खेलमा चिरप्रतिद्धन्दी अफगानिस्तान संग सात विकेटले पराजित हुदै नेपालको यात्रा सेमिफाइनलमा टुङगिएको हो ।

पहिलो पटक एशिया कपको सेमिफाइनलमा पुगेको नेपालले आज निकै खराव प्रदर्शन गरयो । भारत जस्तो बलियो टिमलाई हराएर मनोबल उच्च पारेको नेपालको ब्याटिङ आज ध्भने वस्त भयो । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा एक सय तीन रनमा अल आउट भयो । खराव ब्याटिङ गरेको नेपालका लागि अनिल शाहले ५० रन जोडेपनि अन्य सवै ब्याट्सम्यान एकोहोरो रनमा पवेलिनय फर्किए । नेपालको स्कोर दुई रन हुदा आसिफ सेख आशिफ शेख खाता खोल्न नपाउदै मैदान ।

त्यसपछि अर्का ओपनर जितेन्द्रसिंह ठकुरी पनि मात्र एक रनमा आउट भएपनि नेपालले नौ रनमा दोस्रो विकेट गुमायो । अर्का भरपर्दा ब्याट्सम्यान कप्तान दिपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भएपछि नेपाल स्कोरबोर्डमा रन जोडन संघर्ष गर्न बाध्य भयो । त्यसपछि नेपालको स्कोर ४१ रन हुदा रोहितकुमार पौडेल मात्र चार रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको नेपालको नेपालले ८५ रन हुदा थप पांच विकेट गुमायो । अन्तत नेपाल मात्र एक सय तीन रनमा अलआउट भयो । नेपालका पारीलाई ध्वस्त बनाउन मुजीव उर रहमानले ६ विकेट लिए ।

एक सय चार रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर तीन बलमा तीन विकेट गुमाउदै पुरा गरयो । मध्यम सुरुवात गरेको अफगानिस्तानले पहिलो विकेटका लागि २४ रनको साझेदारी गरेको थियो । उसका ओपनर इब्राहिम जार्दनलाई कमलसिंह ऐरीले तीन रनमा पेभेलियन फर्काएपनि दोस्रो विकेटका लागि रहमनुल्लाह गुरबाज र इक्राम अली खिलले ७१ रनको दरिलो साझेदारी गर्दै जित दिलाए ।

Latest News

To Top