International News

महिला क्रिकेटमा एकै खेलमा दुइ सतक

अस्ट्रेलिया र इंग्ल्यान्डबीच जारी महिला एसेज सिरिजको तेश्रो टि-२० मा दुईवटा शतक बनेका छन ।

यो कुनै पनि महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको एकै खेलमा दुईवटा शतक बनेको पहिलो पटक हो। तेश्रो टि-२० मा टस जितेको अस्ट्रेलियाले मनुका ओभल मैदानमा पहिले ब्याटिंग गरेको थियो। अस्ट्रेलियन ओपनर बेथ मुनीले मात्र ७० बलमा १९ चौका र १ छक्का सहित अविजित ११७ रनको पारि खेलेपछि पहिलो इनिंगमा घरेलु टिमले दुइ विकेट गुमाउदै १७८ रनको स्कोर खडा गर्यो।

मुनिले प्रहार गरेको १९ चौका महिला टी-२० अन्तर्राष्ट्रियको एकै खेलमा प्रहार गरेको सबैभन्दा धेरै हो। दोश्रो इनिंगमा १७९ रनको बिशाल लक्ष पछ्याएको इंग्ल्यान्डको लागि ओपनर डानियल व्याटले मात्र ५७ बलमा १३ चौका र २ छक्का सहित शतकीय पारि खेलेपछि भ्रमण टिमले खेल १ ओभर बाँकी छदै ४ विकेटले जितेको थियो।

महिला टी-२० क्रिकेटमा बनेका शतकहरु:

मेग लानिंग १२६ (६५) भर्सेस आयरल्याण्ड, २७ मार्च २०१४
बेथ मुनी ११७* (७०) भर्सेस इंग्ल्याण्ड, २१ नोभेम्बर २०१७
शंद्रे फ्रिट्ज ११६* (७१) भर्सेस नेदरल्याण्ड, १४ अक्टोबर २०१०
डीयनद्रा डोट्टीन ११२ (४५) भर्सेस दक्षिण अफ्रिका, ५ मे २०१०
डीयनद्रा डोट्टीन ११२ (६७) भर्सेस श्रीलंका, २२ अक्टोबर २०१७
डानियल व्याट १०० (५७) भर्सेस अस्ट्रेलिया, २१ नोभेम्बर २०१७

Latest News

To Top