Nepal Women

नेपालले टस हार्यो, ब्याटिङमा उत्रदै

आइसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको छनोट अन्तर्गत नेपालले अहिले मलेसियासंग खेलिरहेको छ ।

थाइल्याण्डको बैकक स्थित एशिया इस्टिच्युट अफ टेक्नालोजी मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । जारी प्रतियोगितामा तीन खेलमा नेपालले जित निकाल्न सकेको छैन । सुरुवाती दुई खेल बर्षाका कारण विथोलिएपछि नेपालले अंक बाढेको थियो । हिजो भएको खेलमा नेपाल युएइसंग पाच रनले पराजित भएको थियो । यता मलेसियाले तीन खेलमा एक जीत र दुई हार ब्यहोरेको छ । आजको खेलमा नेपाल विजयी भएमा नेपालको विश्वकप छनोट खेल्ने झिनो आशा बाकि हुनेछ । तर त्यसका लागि थाइल्याण्ड र हङकङले बाकि खेल हार्नुपर्नेछ । नेपालको तीन खेलबाट दुई अंक छ भने थाइल्याण्ड र हङकङको समान पाच अंक छ ।

Latest News

To Top