Nepal Women

नेपालले दियो १०९ रनको लक्ष्य

आइसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको छनोट अन्तर्गत नेपालले मलेसियालाई एक सय नौ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैकक स्थित एशिया इस्टिच्युट अफ टेक्नालोजी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै एक सय आठ रन बनायो । नेपालले अरु दिनको तुलनामा आज बलियो सुरुवात गरेको थियो । ओपनरद्धय ज्वती पाण्डे र सिता रानामगरले पहिलो विकेटका लागि ६६रनको साझेदारी गरेका थिए । सिता ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । तर त्यसपछि नेपालको स्कोर ७२ रन हुदा ज्वती पाण्डे ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किइन । नेपालको मिडिल अडरले आज पनि खासै राम्रो साझेदारी गर्न सकेनन ।

जसका कारण नेपालले ७७ रन हुदा चार विकेट गुमायो । त्यसको लगत्तै रोमा थापा ब्यक्तिगत ६रनमा आउट भएपछि नेपालले ९४ रनमा पाचौ विकेट गुमायो । नेपालको स्कोर एक सय पाच रन हुदा छैटौ विकेट झरयो । अन्तत नेपालले एक सय नौ रनको बलियो लक्ष्य दिन सफल भयो । नेपालका लागि नेरी थापाले १४ रनको योगदान गर्दा १६ अतिरीक्त रन पाएको थियो ।

Latest News

To Top