Nepal Women

नेपाललाइ पाचौ सफलता, नेरीले लिइन विकेट

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले अहिले युएइसग खेलिरहेको छ ।

थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाइ खाता खोल्न नदिदै आउट गरिन । युएइको स्कोर आठ रन हुदा रुपा नगराजलाइ रुविनाले नै ब्यक्तिगत दुइ रनमा आउट गरिन ।

लगत्तै क्रिजमा आएकी जेनलाइ पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो । त्यसपछि अर्को एक रन पनि जोडन नपाउदै कनौजियाले नै युएइको चौथो विकेट लिन सफल भइन। पाचौ विकेटका लागि चेरीयथ र इआर ओजाले २७ रनको साझेदारी गर्दै टिमलाइ सम्हाल्न खोजे पनि ओजालाइ २२ रनमा नेरी थापाले आउट गरेपछि यूएइले ३७ रनमा पाच विकेट गुमायो ।

Latest News

To Top