International News

जिम्वावेमा हुने विश्वकप छनोटको स्थान परिवर्तन हुने सम्भावना, को को छन दावेदार

जिम्वावेमा हुने भनिएको सन् २०१९ बिश्वकप क्वालिफायर प्रतियोगिताको स्थान परिवर्तन हुन सक्ने सम्भावना रहेको छ । आइसीसीका एक पदाधिकारीको भनाइ मान्ने हो भने जिम्वावेको पछिल्लो राजनितीक घटनाक्रमले प्रतियोगिता सर्ने लगभग निश्चित जस्तै भएको छ ।
२०१८ को मार्च १ देखि अप्रेल ४ सम्म हुने उक्त छनोट खेल पहिला जिन्बाब्बेमा आईसीसी ले गराउन चाहन्थ्यो र तयारी पनि हुँदै थियो । तर जिम्बाबेमा भैरहेको हिंसाको घटनाका कारण अहिले आईसीसीले केही दोधार जनाएको बुझिएको छ । यस कारण अहिले आईसिसीले यस प्रतियोगितालाई युएईमा शिफ्ट गर्ने सोच बनाएको छ ।

यता युएईले पनि प्रतियोगिता आयोजना गर्ने ईच्छा जताएको छ् भने आयरल्यान्ड र स्कटल्याण्डले पनि आफू तयार रहेको बताएका छ्न । तर अहिलेसम्म आईसीसीले अन्तिम निर्णय भने लिएको छैन ।
युएईले २००९ मा बिश्वकप क्वालिफायर प्रतियोगिता हुने वाला थियो तय पनि थियो तर त्यहा दुबई स्पोर्ट्स सिटि निर्माणले गर्दा उक्त अबसर दक्षिण अफ्रिकाले पाएको थियो । अहिले युएईले क्रीकेटमा पनि राम्रो गरिरहेको भएको हुदा पनि आईसीसीको नजर युएई प्रती परिरहेको देखिन्छ । यता नेपालले पनि उक्त प्रतियोगितामा सहभागी जनाउने अबसर रहेको हुदा उक्त प्रतियोगिता युएईमा हुने भए पक्कै नेपाल लाई फाईदा हुने देखिन्छ ।

Latest News

To Top