Junior

एसीसी यू-१६ नेपाल फाइनलमा, मलेसिया ७२ रनले पराजित

मलेसियालाई ७२ रनले हराउदै नेपाल एसीसी अन्डर सिक्सटिन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि नेपालले सिंगापुरसंग खेल्नेछ ।

थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा झारीएको खेलमा आठ विकेट गुमाउदै एक सय २७ रन बनायो । ११ रन हुदा ओपनर कुशल मल्ल मात्र ६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर ३० रन हुदा दोस्रो विकेट झरयो । विशालविक्रम केसी १५ रनमा आउट हुन पुगे । लगत्तै नेपालले ३६ रनमा तेस्रो विकेट खेर फाल्यो । राजन मगर ब्यक्तिगत ११ रनमा पेभेलियन फर्किए । नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउदा पाच विकेट गुमायो । म्यानमार विरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे । त्यसपछि नारायण जोशी र सुनिल भण्डारीले नेपालका लागि समान १७–१७ रनको योगदान गरे भने प्रतिश जिसी २५ रन बनाए ।

जवाफमा मलेसिया २१ ओभर एक बलमा मात्र ५५ रनमा अलआउट भयो । नेपालको कसिलो बलिङ सामु मलेसियाले राम्रो सुरुवात गर्न सकेन । ६ रन हुदा पहिलो विकेट गुमाएको मलेसियाले २६ रन बनाउदा पाच विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको मलेसियाले अरु १० रन जोडदा थप चार विकेट गुमायो मलेसियाका लागि सन्देश सुप्रमन्नियमले १६ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । अन्तत मलेसिया ५५ रनमा अलआउट भयो । मलेसियालाई सस्तैमा अलआउट गर्न शुर्य तामाङले चार तथा प्रतिश जिसीले तीन विकेट लिए । आजै भएको अर्को सेमिफाइनलमा सिंगापुरले हङकङलाई आठ विकेटले पराजित गरयो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top