International News

अफगानिस्तानका मोहम्मद शहजादलाई १२ महिनाको निलंबन

Mohammad Shahzad
Photo: ©Peter Della Penna/ESPNcricinfo Ltd

अंतर्राष्ट्रीय क्रिकेट परिषद (आईसीसी) ले अफगानिस्तानका आक्रमक विकेटकीपर ब्याट्स्म्यान मोहम्मद शहजादलाई १२ महिना सम्मका लागी खेलबाट निलंबन गर्ने घोषणा गरेको छ ।

गत १७ जनवरीमा शहजादले बन्धेज पदार्थ – क्लेन्बुटेरल सेवन गरेको र त्यसमा पोजेटिव पाएपछी अप्रिल २६ देखी निलंबनमा परेका थिए । उनले आफ्नो गल्ती स्विकारे पछी १७ जनवरी २०१८ सम्मका लागी लागु हुने निलंबनमा परेका छन ।

यसैगरी उन्लाई एन्टी डोपिङ कोडको धारा २.१ उल्लङ्हन गरेको आरोपमा आईसीसीले कुनै पनि क्रीकेट-खेल गतिविधीमा सँलग्न हुन नमिल्ने गरी निलंबित गरिएको छ ।

शहजादले सन २०१० मा आफ्नो अंतर्राष्ट्रीय खेल जीवन सुरु गरेका थिए । उन्ले ५८ एक दिबसिय र ५८ टि-२० खेल खेलिसकेका छन । एक दिबसिय खेल्मा १,९०१ रन र टि-२० मा १,७७९ रन बनाउदै सर्बाधिक रन बनाउने लिस्टमा छैठौ स्थानमा रहेका छन ।

Latest News

To Top