International News

अष्ट्रेलिया १२० रनले विजयी, सिरीजमा २-० को अग्रता

एसेस श्रृखंला अन्तर्गत इग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलिया एक सय २० रनले विजयी भएको छ । जितसंगै अष्ट्रेलियाले पाच खेलका श्रृखलामा दुई शुन्यको अग्रता बनाएको छ ।

अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले पहिलो पारीमा चार सय ४२ रन बनाउदै पारिको घोषणा गरेको थियो । उसका लागि सन मार्सले एक सय २६ रनको योगदान गर्दा उस्मन ख्वाजाले ५३ रन बनाए । जवाफमा पाहुना टिम इग्ल्याण्ड दुई सय २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडीले अर्धसतक कटाउन सकेनन । इग्ल्याण्डलाई सस्तैमा आउट गर्न नाथन लियोनले चार तथा मिचेल स्टार्कले तीन विकेट लिए ।
दोस्रो पारिमा भने अष्ट्रेलिया मात्र एक सय ३८ रनमा अलआउट भयो ।

उसका लागि मिचेल स्टार्क र उस्मन ख्वाजाले समान २०–२० रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । जसका कारण इग्ल्याण्डले तीन सय ५४ रनको लक्ष्य पायो । दोस्रो पारिमा अष्ट्रेलिया टिमलाई सस्तोमा आउट गर्न जेम्स एन्डरसनले पाच विकेट लिए । तीन सय ५४ रनको लक्ष्य पक्ष्याएको इग्ल्याण्ड मात्र दुई सय ३३ रनमा अलआउट भयो । उसका लागि कप्तान जोय रुटले सर्वाधिक ६७ रन बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

Latest News

To Top