International News

सकिव दोस्रो पटक टेष्ट टिमको कप्तान

बंगलादेश क्रिकेट बोर्डले अलराउण्डर सकिब अल हसनलाई टेष्ट कप्तान नियुक्त गरेको छ । श्रीलंका बिरुद्द हुने टेष्टमा सकिवले बंगलादेशको कप्तानी गर्नेछन् ।

बोर्डले २०११ देखी कप्तानी सम्हालेका मुस्फिकर रहिमलाई हटाएर सकिबलाई कप्तानको जिम्मेवारी दिइने भएको हो । त्यस्तै तमिम ईकबालको ठाउँमा महमुदउल्लाहलाई उपकप्तान नियुक्त गरिएको छ । रहिमको कप्तानीमा बंगलादेशले कुल ३४ टेष्ट खेलेको थियो जसमा बंगालादेशले सात टेष्टमा जित हात पारेको थियो । त्यस्तै १८ मा हार व्यहोरेको थियो भने नौ वटा खेल बराबरीमा सकिएको थियो । बंगलादेशले गत वर्ष ईङ्गल्यान्डलाई र अस्ट्रेलियालाई पराजित गर्दा तथा यसै वर्षको शुरुवातमा श्रीलंकालाई पराजित गर्दा पनि रहिम कप्तान थिए तर पनि बोर्डले उनको स्थानमा सकिबलाई पहिले कप्तान बनाउने निर्णय गरेको हो ।
यस अघि कप्तानका रुपमा सकिबले बंगलादेशलाई नौ वटा टेष्ट म्याचमा नेतृत्व गरेका थिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top