International News

बिसीसीआइलाइ लाग्यो महङगो जरिवाना

भारतीय प्रतिस्पर्धा अायाेग (सिसीअार्इ)ले अाइपिएल मिडिया अधिकारकाे सन्दर्भमा प्रतिस्पर्धा विपरित गतिविधि गरेकाे भन्दै बिसीसिअाइलाइ ५२ कराेड २४ लाख रूपैया भारतीय रूपैया जरिवाना लगाएको छ ।

सिसीअार्इले ४४ पेज लामो अादेशमा पछिल्लाे तीन वर्षमा बिसिसीअार्इकाे सम्बन्धित टर्न अाेभरकाे ४ दशमलव ४८ प्रतिशत जरिवाना ताेकिएकाे उल्लेख गरेको छ। २०१३ यता बिसिसीअार्इले एक हजार १६४ दशमलव ७ कराेड रूपैया भारतीय रूपैया कमार्इ गरेकाे उल्लेख गरेकाे छ।

बिसिसीअार्इले प्रतिस्पर्धा कानुनकाे विपरित बाेली लगाउने संस्था र अाफ्नाे पनि व्यवसायिक हित ध्यानमा राखि जानाजानी मिडिया अधिकार करार सम्झाैतामा एउटा नियम हटाएकाे सिसीअाइकाे पत्रमा उल्लेख छ। अाफ्नाे र बाेली लगाउने संस्थाकाे हितमा कुनै नियम नै हटाइ कार्य गरेकाे भन्दै प्रतिस्पर्धा अायाेगले बिसिसीअार्इले जरिवाना ताेकेकाे हाे। बिसिसीअाइका राजिव शुक्लाले सिसीअार्इकाे रिपाेर्ट विस्तृतमा अध्ययन गरेर जवाफ दिने बताएका छन्। उनले अावश्यक परे अाफुहरू उक्त फैसलाका विरूद्ध सर्वाेच्च अदालत जाने बताएका छन्।

Latest News

To Top