National News

भैरहवाको चार विकेट झर्यो

एभरेष्ट प्रिमियर लिग अन्तर्गत फाइनल प्रवेशका लागि अहिले ललितपुर प्याट्रियाट्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा भइरहेको छ । जसमा ललितपुरले एक सय ३३ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३२ रन बनयो । उसका ओपनर शंकर राना र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्न सफल भए । कोल्सावाला ४२ रनमा आउट हुदा ललितपुरले पहिलो विकेट गुमायो । लगत्तै शंकर रानापनि आउट भएपछि ललितपुरले ६० रनमा दोस्रो विकेट गुमायो । त्यसपछि विदेशी खेलाडी सन्नी पटेल ब्यक्तिगत २४ रनमा बाहिरीएपछि ललितपुरले ९७ रनमा तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेलपनि खाता खोल्न नपाउदै आउट भएपछि ९८ रनमा चौथो विकेट गुमायो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० तथा दिपेश भण्डारीले २२ रनको योगदान गरे । यस्तै सोनु तामाङले १० रन थपे ।

जवाफमा भैरहवाले २५ रन हुदा पहिलो विकेट गुमायो । ओपनर राहुल यादव नौ रनमा आउट हुनपुगे । त्यसपछि ४४ रन हुदा अर्का ओपनर प्रथम सालुन्की ३२ रनमा पेभेलियन फर्किएपछि दोस्रो विकेट खेर फाल्यो । भैरहवाको स्कोर ७४ रन हुदा चार विकेट गुमायो । कप्तान शरद भेषवाकर नौ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए । बुधबार भएको खेलका विराटनगरले भैरहवालाई हराउदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top