International News

कोहलीको अर्को सतक

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा अर्को सतक प्रहार गरेका छन । श्रीलंका विरुद्धको तेस्रो टेष्टमा कोहलीले पहिलो पारीमा नै सतक प्रहार गरेका हुन । मुरली विजयसंग उत्कृष्ट साझेदारी गर्ने क्रममा कोहलीले एक सय १६ बलमा सतक प्रहार गरे । यो संगै कोहलीले टेष्ट क्रिकेटमा सतक सख्या २० पुरयाएका छन ।

घरेलु मैदानमा जारी टेष्टमा कोहलीसंग मुरली विजयले पनि सतक प्रहार गरे । कोहलीले एकदिवसिय क्रिकेटमा ३२ सतक प्रहार गरेका छन । साथै उनले थोरै इनिङमा नौ हजार रन पुरा गर्ने किर्तीमान पनि आफनो नाममा लेखाइसकेका छन । टेष्ट क्रिकेटमा पनि कोहली पाच हजार रनको नजिक पुगेका छन ।

Latest News

To Top