International News

गेलको विस्फोटक सतकका कारण राइडर्सलाइ बङ्गलादेश प्रिमियर लिगको उपाधि

क्रिस गेलको आक्रमक शतकका कारण रंगपुर राइडर्सले बङ्गलादेश प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा ढाका डाइनामाइट्सलाई ५७ रनको बिशाल अन्तरले पराजित गर्‍यो ।

पहिले ब्याटिङ्ग गरेको राइडर्सले २० ओभरमा मात्र एक विकेटको क्षतिमा २०६ रन बनायो । उसका लागि गेलले ६९ बलमै अविजित एक सय ४६ रन बनाए ।

राइडर्सको ब्याटिङ्ग वेष्ट इण्डिजका आक्रमक ओपनर गेलमै केन्द्रित थियो । अर्का वेष्ट इण्डिज ओपनर जोन्सन चाल्र्स तीन रनमै आउट भएपछि गेलले दोश्रो विकेटका लागि पुर्व न्युजिल्याण्ड कप्तान ब्रेन्डन म्याक्कुलमसंग अविजित २ सय १ रनको साझेदारी गरे ।
म्याक्कुलमले ४३ बलमा नटआउट ५१ रन बनाउर्दै चार चौका र तीन छक्का प्रहार गरे । गेलले १८ छक्का र पांच चौका प्रहार गरेका थिए । यस क्रममा गेलले ट्वान्टी ट्वान्टीमा एकै इनिङ्गसमा सबैभन्दा बढी छक्का प्रहार गर्ने रेकर्ड ब्रेक गरेका थिए । गेलले आफ्नै नाममा रहेको १७ छक्काको किर्तिमान तोडेका थिए । उनले सन् २०१३ को इण्डियन प्रिमियर लिगमा पुने वारियर्सबिरुद्ध उक्त रेकर्ड राखेका थिए । उक्त खेलमा गेलले १ सय ७५ रन नटआउट बनाएका थिए । ट्वान्टी ट्वान्टीमा यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो ।

यस्तै गेलले अर्को किर्तिमान कायम गर्ने क्रममा ट्वान्टी ट्वान्टीमा आफ्नो २० औं शतक प्रहार गरे । बिपिएलमा उनले दोश्रो क्वालिफायरमा पनि ५१ बलमै नटआउट १ सय २६ रन बनाएका थिए । डाइनामाइट्सबिरुद्ध शतक प्रहार गर्ने क्रममा गेल ट्वान्टी ट्वान्टीमा ११ हजार रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् । उनले कुल एघार हजार ५६ रन बनाएका छन् । ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा उनको नाममा दुई शतक सहित १५ सय ७७ रन पनि रहेको छ । गेल बिपिएलमा १ सय छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

जवाफमा डाइनामाइट्स ९ विकेटको क्षतिमा १ सय ४६ रनमै रोकिएको थियो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top