National News

आइसीसीले माग्यो २२ दिनमा कारण, चित्त नबुझे सदस्यता नै खारेज गर्ने चेतावनी

नेपाल क्रिकेट संघले गर्ने भनेको कार्यसमितीको निर्वाचन आफनो स्विकृती विना नै गर्नु लाग्नुको कारणका बारेमा आइसीसीले आवश्यक पत्रपठाउन २२ दिनको समय दिएको छ । यदि यो समयमा पठाएको कागजपत्रबाट आइसीसी सन्तुष्ट नभए फेब्रेवरीमा हुने बोर्ड बैठकमा नेपालको सदस्यता खारेज गर्नसक्ने चेतावनी पनि दिएको छ ।

आइसीसीका प्रमुख कार्यकारी डेविड रिचार्डसनले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई इमेल मार्फत क्यानले आइसीसीको स्विकृती विना निर्वाचन गर्न लाग्नुको कारणसहित आवश्यक कागजपत्र २२ डिसेम्बर भित्र पठाउन निर्देशन दिएको छ । यसअघि नेपाल क्रिकेट संघको विवाद समाधानका लागि आइसीसीले आफनै पहलमा सल्लाहकार समिती गठन गरेको थियो । जसको पहलमा निर्वाचित समितीले विशेष साधारण सभामार्फत क्यानको नया विधान पारित गरेको थियो । तर सल्लाहकार समितीले सहमती गरेविपरित साधारण सभाले विधान संसोधन गरेपछि आइसीसीले यो विधान मान्य नुहने र क्यानको निर्वाचन पनि बैधानिक नुहने भनेको थियो ।

सो बेलापनि आइसीसीले निर्वाचित क्यानका पदाधिकारीलाई पत्र पठाउदै संसोधित विधान पठाउन ढिलाई हुनुको कारण र सल्लाहकार समिती विपरीत किन विधान संसोधन गरेको भन्दै प्रश्न गरेको थियो । अब आइसीसीले थप कडा कदम लिदै आइसीसीको सदस्य राष्ट्र हुनुका प्रयाप्त कारण सहितको रिपोर्ट बुझाउन निर्देशन दिएको छ । यदि यो २२ दिन भित्र आवश्यक कागजपत्र नपठाए फेब्रेवरीमा हुने आइसीसीको बैठकमा नेपालको सदस्यता खारेज हुनसक्ने पनि चेतावनी दिएको छ । क्यान निलम्बनमा परेपछि यसको विवाद समाधानका लागि आइसीसीले पनि सकारात्मक धारणा राखेपनि क्यानका पदाधिकारीको स्वार्थका कारण विधान संसोधनमा त्रुटी भएको थियो ।

जुन विधान राष्ट्रिय खेलकुद परिषदले पारीत गरेपनि आइसीसीले भने पारीत गर्न अस्विकार गरेको थियो । यता विधान संसोधन गरेपछि निर्वाचित क्यानले नया कार्यसमितीको निर्वाचनका लागि जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न गरेर क्षेत्रीय र केन्द्र निर्वाचनको मिती समेत तोकेको थियो । अब आइसीसीको पछिल्लो कदमले नेपाली क्रिकेटको भविष्य के हुने भन्ने थप अन्योल बढेको छ ।

Latest News

To Top