ICC World Cricket League Championship

दीपेन्द्र सिंह ऐरी घाइते, उनको स्थानमा अनिल कुमार साह

Dipendra Singh Airee

काठमाडौं – डिसेम्बर ५ मा अभ्यास सत्रको बेला घाइते भएका युवा खेलाडी दीपेन्द्र सिंह ऐरी, युएइ सँगको दोस्रो खेल खेल्न बाट पनि बन्चित हुन पुगेका छन ।

अब ऐरी नखेल्ने भएपछि उनको स्थानमा अनिल कुमार साहलाई स्थान दिईने टिमका ब्यबस्थापक रमन शिवकोटीले जानकारी गराएका छन । चार अतिरिक्त खेलाडी बाट कुशल भुर्तेल र अनिलमात्र युएई भ्रमणमा गएका छन्।

साह अमेरिका सँग डिसेम्बर १ मा खेलिएको अभ्यास खेल मा खाता नखोल्दै आउट भएका थिए भने हालै सम्पन्न एसियन क्रीकेट काउन्सिल यु-१९ एसिया कप उनले सेमि-फाइनल खेलमा अफगानिस्तान विरुद्ध अर्धसतक प्रहार गरेका थिए ।

Latest News

To Top