International News

एसेस श्रृङखला अष्ट्रेलियाको पक्षमा, इङग्ल्याण्ड इनिङ र ४१ रनले पराजित

इग्ल्याण्ड विरुद्धको तेस्रो एसेस टेष्ट खेल अष्ट्रेलियाले एक इनिङ र ४१ रनले जितेको छ । जितसंगै अष्ट्रेलियाले पाच खेलको श्रृखंला तीन शुन्यले आफनो पक्षमा पारेको छ ।

पर्थमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टिम इग्ल्याण्डले पहिलो पारीमा डाविड मालान र जोनी बे्रइस्टोको सतकको मद्धतले चार सय तीन रन बनाएको थियो । जोनीले एक सय १९ रन बनाए भने डाविडले एक सय ४० रनको योगदान गरे । यस्तै मार्क डेनियल स्टोनमनले ५६ रन थपे । अष्ट्रेलियाका लागि बलिङ तर्फ मिचेल स्टार्कले चार विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा कप्तान स्टिभ स्मिथको उत्कृष्ट दोहोरो सतकको मद्दतले ६ सय ६२ रनमा पारिको घोषणा गरे । सुरुवात राम्रो गर्न नसकेपनि अष्ट्रेलियाको पारीलाई स्मिथ र सन मार्सले उकासेका थिए । स्मिथले दुई सय ३९ रन बनाए भने मार्सले एक सय ८१ रनको योगदान गरे । यस्तै उस्मन ख्वाजाले ५० रन जोडे ।

पहिलो पारीमा दुई सय ५९ रनले पछि परेको इग्ल्याण्ड दोस्रो पारीमा मात्र दुई सय १८ रनमा अलआउट भयो । दोस्रो पारीमा उसका दुई खेलाडले अर्धसतक बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । जसमा डाविड मालानले ५४ र जेम्स भिन्सले ५५ रन बनाए । दोस्रो पारिमा पाहुना टिम इग्ल्याण्डलाई सस्तैमा समेट्न जोस हेजलहुडले पाच विकेट लिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top