National News

राष्ट्रिय क्रिकेट खेलाडीले इपिएल खेल्न अनुमती छैन- आइसीसी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले राष्ट्रिय क्रिकेटरलाई इपिएल नखेल्न निर्देशन दिएको छ । इपिएल आइसीसीबाट मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाडीलाई खेल्न अनुमति नदिने भएको छ ।

आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमति दिन नसकिने बताएका छन । आइसिसीले यो प्रतियोगिता गर्न स्वीकृती दिएको छैन। त्यसैले यो प्रतियोगिता सञ्चालन गर्न आइसिसीको अनुमति छैन। इपिएल आयोजकले आइसिसीलाई पत्राचार गरेपछि आइसिसीले यस्तो जवाफ पठाएको हो।

आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ। नेपाली खेलाडी छनोट तथा प्रतियोगिता व्यवस्थापनाको जिम्मेवारी सम्हाल्दै आएको आइसिसीले गत असारमा काठमाडौंमा भएको एसियन प्रिमियर लिग (एपिएल) लाई पनि अनुमति नभएको भन्दै पत्राचार गरेको थियो। एपिएलमा नेपाली राष्ट्रिय टीमका कुनै पनि क्रिकेटर सहभागी थिएनन्।

क्यानको निलम्बनपछि नेपालको सिनियर टिम र यू–१९ टिमका खेलाडी आइसिसी अन्तर्गत छन्। यसर्थ आइसिसीको अनुमतिबिना कुनै प्रतियोगिता खेल्न सक्दैनन्। यद्यपी सिनियर टिम तथा यू–१९ टिमका क्रिकेटरले इपिएल खेल्न सम्झौता गरिसकेका छन्।

Latest News

To Top