National News

जस्तो रोमाञ्चक फाइनल, त्यस्तै उत्साह दर्शकको

नेपाली क्रिकेटको क्रेज कति छ त्यती भनि रहनु नपर्ला । नेपालले कुनैपनि अन्तराष्ट्रिय क्रिकेट खेल खेल्दा टियु मैदानमा उर्लने समर्थको भिडलेनै पुष्टि गर्छ । तर घरेलु क्रिकेटको हकमा भने यो अवस्था फरक थियो । जसका कारण सवै आयोजकको जहिले पनि एउटा मुख्य उदेश्य घरेलु प्रतियोगितामा कसरी स्टेडियम सम्म दर्शक तान्ने भन्ने हुन्थ्यो । तर राजधानीमा भएको एभरेस्ट प्रिमियर लिगले भने घरेलु क्रिकेटमा नया इतिहास बनाएको छ ।

अन्तराष्टिय खेल हुदा मात्र टियु मद्यौन पुग्ने नेपाली दर्शक शनिबार भने घरेलु प्रतियोगिताको फाइनल हेर्न उर्लियो । एपिएलको उपाधीका लागि भिडेका विराटनगर वारियर्स र भैरहवा ग्ल्याडियर्टस बीचको खेल हेर्न स्टेडियम पुगेका दर्शकको उपस्थितीले घरेलु क्रिकेटमा नया उत्साह थपेको छ । घरेलु क्रिकेटको इतिहासमानै यति धेरै दर्शक स्टेडियम पुगेको यो पहिलो पटक हो । विक्रिमा राखिएको अठा हजार टिकट सकिएपछि स्टेयिडम बाहिर केही समय तनाव समेत उत्पन्न भएको आयोजकले बताएको छ ।

आ आफ्नो टिमलाइ समर्थन गर्न मैदानमै पुगेका समर्थकले पुरै खेल अविधर सभ्य रुपमा क्रिकेटको रौनक बढाए । यलिे यति स्तरिय प्रतियोगिता गर्ने हो भने घरेलु क्रिकेटले पनि उल्लेख दर्शक पाउछ भन्ने पुष्टि गरेको छ । हाल नेपाल क्रिकेट संघ आइसीसीको निलम्बनमा छ । निजी क्षेत्रको पहलमा भएको इपिएलले युवा खेलाडीलाइ अन्तराष्ट्रिय स्तरको वातावरणमा आफुलाइ एक्सपोज गर्ने अवसर प्रदान गरेको छ । क्रिकेट विकासमा महत्वपुर्ण भुमिका खेल्ने यस्ता प्रतियोगितालाइ सवैले सहयोग र प्रोत्साहन गर्नुपर्ने खेलाडीको भनाइ छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top