National News

विराटनगर वारियर्सबाट हङकङका अन्सुमन राथ र बाबर हायात खेल्ने

भोलीबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगमा बिराटनगर वारियर्सले हङकङको खेलाडीहरु अन्सुमन राथ र बाबर हायातलाई आफ्नो टोलीबाट खेलाउने भएको छ ।

बिराटनगरले आज पत्रकार सम्मेलन गर्दै इपिएलमा हङकङका खेलाडी अनुबन्ध गरेको औपचारीक घोषणा गरेको हो । प्रतियोगिता खेल्नका लागि राथ र हायात दुबै काठमाडौं आइसकेका छन् । २० वर्षे राथ विकेट किपर ब्याट्सम्यान हुन् भने २५ वर्षे हायात ब्याटिङ अलराउन्डर हुन । राष्ट्रिय टोलीका कप्तान पारस खड्का बिराटनगरका मार्की खेलाडी हुन् भने उनले प्रतियोगितामा टोलीको कप्तानी गर्ने छन् । बिराटनगरको पहिलो खेलमा पोखरा राईनोज बिरुद्द बुधवार खेल्ने छ ।

हालै सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियसिपमा राथले प्रतियोगिता अवधिभरमा १० खेल खेल्दै सर्वाधिक ६७८ रन बनाएका थिए भने हायातले १२ खेल खेल्दै ५४३ रन बनाएका थिए र प्रतियोगितामा तेश्रो स्थानमा थिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top