Nepal Cricket

पृथु बास्कोटा चितवन टाइगर्सको कप्तान

आसन्न एभेरेष्ट प्रिमियर लिगमा सहभागित टिम मध्येको एक चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानी नियुक्त गरेको छ ।

राष्ट्रिय टिमका खेलाडी पृथु पछिल्लो पटक टिममा नपरेपनि चितवन टाइगर्सले कप्तानीको जिम्मेवारी दिएको छ । अन्डर नाइन्टिन टिमका पुर्व कप्तान समेत रहिसकेका पृथुको टिममा पछिल्लो पटक चर्चामा रहन सफल दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन । यस्तै टिममा राष्ट्रिय टिमका खेलाडी दिलिप नाथ र ललितसिंह भण्डारी रहेका छन । प्रशिक्षकको जिम्मेवारी कलाम अली र दिपेन्द्र चौधरीलाई दिइएको छ ।

यसअघि टिमका खेलाडीका रुपमा खरिद गरेपनि चोटका कारण टिमबाट नाम फिर्ता लिएका सुवास खकुरेललाई म्यानेजरको जिम्मेवारी दिइएको छ । यस्तै टिमले अप्रेसन हेडका रुपमा दिपक कार्कीलाई जिम्मेवारी दिएको छ । ६ शहरका टिमको सहभागिता रहेको प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएका छन ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top