Everest Premier League

भैरहवाको तेस्रो विकेट गयो, शरद ५२ रनमा आउट

एभेरेष्ट प्रिमियर लिगको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिटियर्सलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत २० ओभरमा सात विकेट गुमाउदै एक सय ४९ रन बनायो । विराटनगरको स्कोर ३४ रन हुदा पहिलो विकेट गुमायो । यो प्रतियोगितामा राम्रो फर्ममा नरहेका खेलाडी आशिफ शेख सात रनमा आउट भए । त्यसपछि ५८ रन हुदा विराटनगरले दोस्रो विकेट गुमायो । यो प्रतियोगिताका सर्वाधिक रनकर्ता बावर हायात ११ रनमा पेभेलियन फर्किए । ८३ रन हुदा आक्रामक खेलाडी अन्सुमान राथ ब्यक्तिगत ४१ रनमा पेभेलियन फर्किएपछि तेस्रो विकेट गुमायो । यो प्रतियोगितामा खासै राम्रो खेल्न नसकेका कप्तान पारस खडका ब्यक्तिगत २७ रनमा आउट भएपछि एक सय रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अनिलकुमार शाहले २२ रनको योगदान गर्दा प्रनित थापामगरले १४ रन थपे । बलिङ तर्फ कृष्ण कार्की र हरिशंकर शाहले दुई दुई विकेट लिए ।

जवाफमा भैरहवाले सुरुवात भने राम्रो गर्न सकेन । १९ रन हुदा पहिलो विकेट गुमाएको भैरहवाका लागि कप्तान शरद भेषवाकर र प्रथम सालुन्कीले ६८ रनको साझेदारी गर्दै टिमलँई बलियो स्थितीमा पुरयाए । सालुन्कीले ३० रन बनाए । त्यसपछि एक सय दुई रन हुदा कप्तान शरद भेषवाकर ५२ रनमा रनआउट भएपछि भैरहवाले तेस्रो विकेट गुमायो ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top