Everest Premier League

भैरहवा फाइनलमा, उपाधिका लागि विराटनगरसग खेल्ने

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउदै फाइनलमा पुग्न सफल भयो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३२ रन बनयो । उसका ओपनर शंकर राना र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्न सफल भए । कोल्सावाला ४२ रनमा आउट हुदा ललितपुरले पहिलो विकेट गुमायो । लगत्तै शंकर रानापनि आउट भएपछि ललितपुरले ६० रनमा दोस्रो विकेट गुमायो । त्यसपछि विदेशी खेलाडी सन्नी पटेल ब्यक्तिगत २४ रनमा बाहिरीएपछि ललितपुरले ९७ रनमा तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेलपनि खाता खोल्न नपाउदै आउट भएपछि ९८ रनमा चौथो विकेट गुमायो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० तथा दिपेश भण्डारीले २२ रनको योगदान गरे । यस्तै सोनु तामाङले १० रन थपे ।

जवाफमा भैरहवा २० ओभरमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । २५ रन हुदा पहिलो विकेट गुमाएको भैरहवाले ४४ रन हुदा दोस्रो विकेट खेर फाल्यो । उसका लागि प्रथम सालुन्की ३२ रनमा पेभेलियन फर्किएपछि दोस्रो विकेट खेर फाल्यो । भैरहवाको स्कोर ७४ रन हुदा चार विकेट गुमायो । कप्तान शरद भेषवाकर नौ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए । उसका लागि भुपेन्द्र थापाले १९ रन जोडदा पुनित मिश्राले १६ रनको योगदान गरे । भैरहवाको जितमा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा उनले दुई छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुरयाए । उनले अविजित २८ रन बनाए । यसअघि बुधबार भएको खेलका विराटनगरले भैरहवालाई हराउदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top