Everest Premier League

इपिएल प्रतियोगिता सफल, फ्लप खेलाडीको फ्लप सो

एभरेष्ट प्रिभियर लिगको दोश्रो संस्करणको उपाधिका लागि विराटनगर र भैरहवा भिडने पक्का भएको छ । प्रतियोगितमा यी दुइ टिम तेस्रो पटक आमने सामने हुदैछन । लिग चरण र क्वालिफायर्समा विराटनगरले भैरहवालाइ हराउन सफल भएको थियो । कप्तान पारस खडकाको टिम जारी प्रतियोगितामा अपराजित एक्लो टिम हो । उसका मुख्य खेलाडीका रुपमा हङकङका खेलाडी बाबर हायात र अन्सुमान राथ रहेका छन। उनिहरुकै प्रदर्शनका आधारमा विराटनगरले विपक्षी टिमलाइ मात खुवाउन सफल भएको छ ।
यो प्रतियोगितामा नेपाल खेलाडीको प्रदर्शन हेर्ने हो भने खासै खुसी हुने ठाउ छैन । ब्याटिङमा कुरा गर्नेहो भने पुरै प्रतियोगितामा १४ खेलाडीले एक सय रन पुरा गरेका छन । जसमा आठ नेपाली खेलाडी छन भने ६ विदेशी खेलाडी रहेका छन । शिर्ष पाचमा मात्र एक खेलाडी पर्छन । जसमा सुनिल धमला रहेका छन।

हेरौ शिर्ष पाच खेलाडीको सुचि

यस्तै खेलाडीको ब्यक्तिगत उच्च स्कोरको कुरा गर्ने हो भने पनि सुनिल धमला बाहेक बाकि नेपाली खेलाडीको प्रदर्शन टिठ लाग्दो नै छ । शिर्ष १० खेलाडीको सुचि निकाल्दा नेपालका दुइ खेलाडीको नाम मात्र पर्न आउछ ।

बलिङमा पनि बसन्त रेग्मी बाहेकको कुरा गर्ने हो भने नेपाली खेलाडीको प्रदर्शन खासै चाख लाग्दो छैन । विराटनगरबाट खेलेका बसन्तले कुल १२ विकेट लिएका छन । फाइनलमा उनलाइ थप विकेट लिने अवसर पनि रहेको छ ।
प्रतियोगितामा धरै पटक शुन्य रनमा आउट हुने खेलाडीको सुचिमा नेपाली खेलाडी धेरै छन ।
हरौ सुचि

यो प्रतियोगितमा महङगा भनिएका खेलाडीको प्रदर्शन सस्तो हुदा औसत खेलाडी भनेर राखिएका खेलाडीले भने आफ्नो क्षमता प्रमाणित गरेका छन । यसमा पहिलो नाम रोहितकुमार पौडेलको आउछ । उनले भैरहवालाइ समुह चरणमा पनि हारीसकेको खेललाइ बचाएका थिए भने दोस्रो क्वालिफायर्समा पनि ललितपुर विरुद्ध गुमाइसकेको खेललाइ पल्टाएका थिए ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top