Everest Premier League

इपिएलमा किर्तिपुर मैदान कस्तो हुनेछ, टिकट रेट कति र के सुविधा छ दर्शकलाइ जानौ

नेपाली क्रिकेटका घरेलु प्रतियोगितामा खेल हुने स्थलको सेवा सुविधालाइ खासै प्राथमिकतामा राखिदैन । तर पुष तीन गते देखी सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेल स्थल टियु मैदानलाइ भने अन्तराष्ट्रिय स्तरको बनाइने भएको छ ।

आयोजक एभरेस्ट प्रिमियर लिगले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै टियु मैदानमा खेलका दौरान उपलब्ध हुने सेवा सुविधाका विषयमा जानकारी दिएको हो । जस अनुसार खेलाडीका लागि अन्तराष्ट्रिय स्तरको डग आउट खेलाडी अन्तराष्ट्रिय स्तरको रन आउट र स्टम्पिङका लागि थर्ड अम्पायर, मैदानमा टिभी स्क्रिन लगायत रहेका छन। यी सवै घरेलु प्रतियोगितामा अहिले सम्म प्रयोगमा आएका छैनन् ।

यसैगरी पिच बनाउन अर्को साता भारत बाट दुइ जना क्युरेटर आउने पनि आयोजकले जनाएको छ । घरेलु क्रिकेटमा पनि मैदानमा गएर खेल हेर्न संस्कृतिको विकास गर्न एक सय रुपैया टिकट दर तोकिएको छ । विद्यार्थीका लागि भने ५० प्रतिशत छुट दिइने छ । यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान विनोद दास इपिएलको संयोजक नियुक्त भएका छन ।

अन्डर नाइन्टिन टिमका मुख्य प्रशिक्षक समेत रहेका दासले इपिएल मैदानमा गएर हेरिएको अहिले सम्मकै ठुलो प्रतियोगिता बनाउने उदेश्य आफुहरुको रहेको बताए । एघार दिन सम्म चल्ने ट्वान्टी ट्वान्टी फरम्याटको लिगमा बिभिन्न शहरका ६ टिमको सहभागी रहेको छ । विजेता टिमले २१ लाख पुरस्कार पाउनेछ ।

के गर्दैछ आयोजक ?

१. बिभिन्न भेराइटिको खान-पिनको ब्यबस्था
२. सफा र सुबिधा सम्पन्न ट्वाइलेट
३. ब्यबस्थित पार्किङ
४. मैदान वरिपरी टिकट काउन्टरहरुको ब्यबस्था, टिकट प्रत्येक आईएमई काउन्टरमा उपलब्ध हुने
५. प्रत्येक दिन मनोरञ्जन जसमा दर्शकको प्रत्यक्ष सहभागिता रहने
६. लाइभ डिजे र क्राउड रेजर
७. चियर लिडर्स
८. स्तरीय साउण्ड सिस्टम
९. भीआईपी, भीभीआईपी, टिम मालिक, मिडिया र सामान्य सिट गरि बिभिन्न सिट उपलब्ध हुने
१०. प्रत्यक्ष प्रशारणको लागि १६/९ फिटको एलईडी स्क्रिन राखिने
११. सेलिब्रिटीहरुको उपस्थितिमामा दर्शकहरुलाई मनोरञ्जन
१२. खेल हेर्न आउने दर्शकहरुलाई आकर्षक पुरस्कार

Latest News

To Top