Nepal Cricket

आइसीसीले जानि जानि दुःख दिइरहेको छ – प्याकुरेल

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई आफुहरुले बारम्बार सबै पत्र पठाउदा पनि सन्तुष्ट नुहुन आश्चार्यको विषय भएको निर्वाचित क्यानको भनाई छ । आइसीसीले केहि अघिमात्र निर्वाचित क्यानलाई डिसेम्बर २२ भित्र संविधान संसोधनको प्रगति विवरणका साथै सम्पुर्ण कागज पत्र पठाउन निर्देशन दिएपछि यस्तो भनाई आएको हो ।

आइसीसीले आफनो सहमती विपरित क्यानले केन्द्रिय निर्वाचनको मिती तोक्नुका साथै विधान संसोधन आफनो किसिमले किन गरेको भन्दै असन्तुष्टी जनाएको थियो । साथै आइसीसीले क्यानलाई सबै कागजपत्र पठाउदा पनि चित्त बनुझेमा फेब्रेवरीमा हुने बोर्ड बैठकमा नेपालको सदस्यता खारेज गर्नसक्ने चेतावनी पनि दिएको थियो । यस विषयमा बोल्दै निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आइसीसीले कुन किसिमले बारम्बार पत्र मागेको हो ठुलो प्रश्नको विषय रहेको बताए । प्याकुरेलले अहिलेसम्म एक सय सात वटा इमेल पठाएपनि आइसीसीलाई किन चित्त बुझेन आफुलाई अचम्म लागेको छ । अब पनि आफुहरुले गरेको सबै काम सहितको रिपोर्ट पठाउने बताए । तर आइसीसीको इन्टेन्सन नेपाली क्रिकेटलाई फुकुवा गर्ने हो की पेन्डुलम बनाउने हो त्यो भने बुझन नसकेको उनको भनँई थियो ।

नेपाल क्रिकेट संघको विवाद समाधानका लागि आइसीसीले आफनै पहलमा सल्लाहकार समिती गठन गरेको थियो । जसको पहलमा निर्वाचित समितीले विशेष साधारण सभामार्फत क्यानको नया विधान पारित गरेको थियो । तर सल्लाहकार समितीले सहमती गरेविपरित साधारण सभाले विधान संसोधन गरेपछि आइसीसीले यो विधान मान्य नुहने र क्यानको निर्वाचन पनि बैधानिक नुहने भनेको थियो । सो बेलापनि आइसीसीले निर्वाचित क्यानका पदाधिकारीलाई पत्र पठाउदै संसोधित विधान पठाउन ढिलाई हुनुको कारण र सल्लाहकार समिती विपरीत किन विधान संसोधन गरेको भन्दै प्रश्न गरेको थियो । जसमा निर्वाचित क्यानका पदाधिकारीले आइसीसीले आफुहरुलाई नराम्रो फन्दामा पारेको बताए । आफुहरुको खुट्टा बाधेर राख्ने अनि अहिलेसम्म कति दौडिइस का पुगिस भन्ने खालको आइसीसी बुझाइ रहेको उनको आरोप छ । सरकार, सर्वोच्च अदालत र आइसीसीले आफुहरुलाई काम गर्ने बाताबरण नबनाइरहेको अवस्थामा अझै पनि के के काम गरिस भनेर प्रश्न गर्नु उचित नभएको बताए ।

क्यानले विशेष साधारण सभा गर्दै ३९ जिल्लोको निर्वाचन गरिसकेको थियो । एक बेला निलम्बनको फुकुवा नजिक पुगेको नेपाल क्रिकेट पछिल्लो पटक आइसीसीले निर्णयले थप अन्योलतामा पुगेको छ । तर यसको दोश लिने पक्षमा भने कोहि छैनन ।

Latest News

To Top