International News

भारत श्रीलकासग ७ विकेटले पराजित

श्रीलंकाले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले कमजोर प्रदर्शन गर्दै १ सय १२ रनमा अलआउट भएको थियो । रोहित शर्माको कप्तीमा उत्रेको भारतले एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको थियो । तर भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरे गरेपछि भारत ३८ ओभर दुइ बलमा अलआउट भएको थियो । धोनीले ८७ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । कुलदिप यादवले १९ र हार्दिक पाण्डेयले १० रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तानको समेत जिम्मेवारी निर्वाह गरेका ओपनर रोहित शर्माले २ रन बनाउँदा अर्का ओपनर शिखर धवनले रनको खाता खोल्न सकेनन् । भ्रमणकारी टोलीका लागि सुरंगा लकमालले ४ विकेट लिएका थिए ।

जवाफमा १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभर चार बलमा तीन विकेट गुमाउँदै १ सय १४ रन जोडेको थियो । श्रीलंका लागि जित दिलाउन उपुल थारगांले सर्वाधिक ४९ रन जोडे । त्यस्तै एन्जेलो म्याथुले अविजित २५ र निरोशन डिकवेलाले अविजित २६ रन बनाएका थिए । त्यसअघि

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top